साना किसानको ऋण सरकारद्वारा मिनाहा

 

मंसिर २७, काठमाडौं –साना किसानहरुको ऋण सरकारले मिनाहा गरेको छ ।

सोमबार वसेको मन्त्रिपरिषद बैठकले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विहिवार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै किसानको ऋण सरकारले तिरिदिने बताएका छन ।