संघीयतालाई कमजोर वनाउने लोकतन्त्र विरोधीहरुको चलखेल : प्रधानमन्त्री ओली

काठमाडौं २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयतालाई कमजोर वनाउने तथा सरकारकालाई बदनाम गर्न लोकतन्त्र विरोधीहरुले चलखेल गरेको वताउनुुभएको छ ।
अन्तर प्रदेश परिषदको बैठकको समापन समारोहमा प्रधानमन्त्री ओलीले लोकतन्त्र विरोधीहरुलई त्यस्ता गतीविधी गर्न नदिन, मौका दिनु नहुने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रविरोधी केही तत्वहरूले विभिन्न विभिन्न वहानामा मुलुका अनेक किसिमका द्वन्द्व मच्चाउने र विखण्डनको प्रयास गर्नेहरु विरूद्ध सरकारले कडा गर्ने समेत चेतावनी दिनुभयो ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको अवस्थामा, हामीलाई चाहिएको यहीभित्रबाट पाउन सकिन्छ’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, ‘त्यस कारण विभिन्न वहानामा किन बखेडा झिक्ने ? यो सब जनतामा भयाभव पार्ने काम मात्र हो ।’
साथै उहाँले ‘कर्मचारीहरू पनि संघीयतामा ससबै विज्ञ नभएकाले, उनीहरु पनि संघीयताको प्रयोगमा सिक्दैछन्, त्यसैले संघीयता सफल पार्न कर्मचारीले असहयोग गरे, सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन भन्नुभयो ।

प्रयाप्त कर्मचारीको व्यवस्था नहुँदा प्रदेशहरूमा गाह्रो परेको हुनसक्ने उहाँको धारणा छ ।

समापने बैठकमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना प्रदेशका समस्याका बारेमा प्रतिवेदन पेश गर्नुु भएको थियो ।