मुख्यमन्त्री आदित्यनाथको सुरक्षार्थ जनकपुरमा चार हजार सुरक्षाकर्मी खटिने

काठमाडौ, २४ मंसिर— रामजानकी विवाह महोत्सवमा सहभागी हुन आउन लागेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी खटिने भएका छन् ।
धेरै संख्यामा सुरक्षाकर्मी खटिने भएका कारण अन्य प्रदेशबाटसमेत सुरक्षाकर्मी ल्याउने तयारी भएको छ ।