मोबाइलबाटै भाडा तिर्न सकिने विद्युतीय बस ल्याईदै

काठमाडौं २४ मंसिर । सुन्दरयातायातले काठमाडौंमा मोवाईलबाटै भाडा तिर्न सकिने विद्युतीय बस भित्राउदै छ ।

चिनियाँ कम्पनी बिएकेले निर्माण गरेको विद्युतीय बस सुन्दर यातायातले एक महिनाभित्र ३ वटा बस काठमाडौमा ल्याउने भएको हो ।

चालकसहित ४५ सिट भएको उत्त बसमा सिसि क्यामरा, जिपिएस, उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर र अपांगमैत्री सिटको व्यवस्था गरिएको छ । बसमा सुन्दर भेइकल पब्लिक रिचार्ज कार्डको व्यवस्था पनि गरिएकोले मोबाइलबाटै पैसा तिर्न सकिने प्रविधिसमेत रहेको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले बताए ।
गाडीको परीक्षणपछि एनसेल, एनटिसी लगायतका दूरसञ्चार प्रदायक कम्पनीसँग मोबाइलको ब्यालेन्सबाट भाडा तिर्न मिल्ने सम्झौता गरिने, त्यस्तै ई(सेवा, खल्तीजस्ता ई(पेमेण्ट कम्पनीहरूसँग सहकार्य गरिने पनि उनले जानकारी दिए ।

जेष्ठ नागरिक, अपांगहरूलाई सरकारले निर्धारण गरेको बाहेक पनि सहुलियत दिने व्यवस्था छ, उनले भने । सुन्दर यातायतले ल्याउने ३ वटा गाडीमध्ये २ वटा बस रिङरोडमा र एउटा भित्री सडकमा चल्ने भएको छ ।

३ वटै गाडी ३० दिनभित्र आइपुग्ने छ । त्यसैगरी २ महिनाभित्र अरु थप १० वटा पनि आउँछ।, सुन्दर यातायातका अध्यक्ष थापाले भने, ‘ ५० ्र६० वटा विद्युतीय गाडी ल्याउने हाम्रो लक्ष्य हो’ यी गाडीको मूल्य करिब १ करोड ८७ लाख पर्ने सुन्दर यातायातले जनाएको छ ।

यद्यपी सरकारको नीति तथा कार्यक्रममा विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने भनिए पनि ‘विद्युतीय सवारीको नियमावली बनिसकेको छैन