अहिले केही वेरमै अन्तरप्रदेश परिषदको बैठक बस्दै

काठमाडौं२३ मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तरप्रदेश परिषद बैठकको आह्वान गर्नुभएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दै छ ।

धानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल  अनुसार  संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन भएपछि गरिएका कामहरुको समीक्षा गर्न अन्तरप्रदेश परिषदको बैठक बोलाइएको हो।

बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरु सहित गृह, अर्थलगायतका वरिष्ठ मन्त्रीहरुको उपस्थिती हुनेछ । मुख्यमन्त्रीहरुले आ—आफ्ना प्रदेशमा भएका प्रगती विवरणका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन् ।

प्रदेश तथा केन्द्र सरकारले कर्मचारी, कानुन लगायतको व्यवस्था नगरिदिँदा कामकारवाहीमा समस्या आएको गुनासो गर्दै आएका छन् । संघीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउनका आजको बैठकको महत्व हुनेछ ।