नेकपा कर्णाली प्रदेशको प्रथम बैठक सुरु

काठमाडौ,२२ मंसिर —नेपाल कम्युनिष्ट पार्टी नेकपाको कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शनिबार सुरू भएको छ । बिहान ११ बजेटबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेकपाको बैठक सुरू भएको हो ।
नेकपा कर्णाली प्रदेशका इञ्जार्च जनार्दन शर्माको प्रमुख आतिथ्यता तथा अध्यक्ष गोरखबहादुर बोगटीको अध्यक्षतामा बसेको बैठकमा १० जिल्लाबाट सहभागी सबै प्रदेश कमिटी सदस्यको सहभागिता रहेको छ ।