काठमाडौं, २२ मंसिर— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेलाई काम गरेर जवाफ दिने बताएका छन् । शनिबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनको टोलीसँग ओलीले यस्तो बताएका हुन्।
‘सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ’, ओलीले भने, ‘केही मानिसले विरोध गरेका छन्। त्यसलाई हामी कामबाट जवाफ दिन्छौं।’ उनले भने ।
प्रधानमन्त्री ओलीले इन्जिनियर पेशलाई मर्या्दित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा पनि जोड दिए।
विरोधीलाई काम देखाएर जवाफ दिन्छौं — प्रधानमन्त्री ओली
