पुस १२ देखि लमजुङमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता हुने

काठमाडौ, २२ मंसिर— पुस १२ गतेबाट लमजुङमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । त्रिवेणी युवा क्लवले शनिबार बेसीशहरमा पत्रकार सम्मेलन गरी आगामी पुस १२ गतेदेखि राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता २७ औँ त्रिवेणी कप २०७५ शुरु हुन लागेको जानकारी गराएको हो ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, दोस्रो हुने समूहले रजत पदक सहित नगद १ लाख ५० हजार प्राप्त गर्नेछन् ।