योजना कार्यान्वयनमा निर्मम बन्न भट्टराईको आग्रह

काठमाडौ, २२ मंसिर —पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्ममतापूर्वक योजना कार्यान्वयनमा लाग्न सके मात्र स्थानीय तहले सफलता प्राप्त गर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री डा. भट्टराईले सडक फराकिलो बनाउने क्रममा काठ्माण्डौंमा डोजर लगाएजस्तो हिम्मतका साथ काम गर्न सके मात्र स्थानीय तहले आफ्नो योजना कार्यान्वयन गर्न सक्ने सुझाव दिएका छन् ।  जनताको प्रत्यक्ष सहभागीताबीना जुनसुकै ठाउँको बिकास र संबृद्धि सम्भव नहुने भएकाले जनसहभागीतालाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन्।