अर्जेन्टिनामा कुकुर गोलकिपर 

काठमाडौं २१ मंसिर । अर्जेन्टिनाको  एक फुटवल खेलमा कुकुरले गोल हुनबाट रोकेको छ ।

अर्जेन्टिनाको घरेलु लिगमा भईरहेको एक फुटवल खेलमा कुकुुरले गोलकिपरको काम गरेपछि गोल पोष्टबाट वाहिरेको हो ।

यो अर्जे्न्टिनाको तेस्रो डिभिजनको लिग फुटबलमा अकस्मात हुुन गएको अचम्मको घटना हो । जुभेन्टुड युनिडा डी गुआलागुएचु र डेफेन्सोरेस डी बेल्ग्रनो डी भिल्ला रामाल्लोबीच खेल चलिरहेको थियो । डेफेन्सोरेसका किपरले बल नियन्त्रणमा लिएर डिफेन्डरलाई दिएको पास जुभेन्टुडका फरवार्डले बललाई पोष्टतर्फ हान्छन् ।

किपर निकै टाढा भएकाले पोष्ट खाली थियो । जुभेन्टुका फरवार्डले पोष्ट तर्फ बल प्रहार गरे । तर अकस्मात पोष्ट नजिकैबाट एक्कासी दौडिदै आएको कुकुरलाई वल लागेर बाहिरिन्छ । यद्यपी यो खेलमा जित जुभेनटुड कै मानिएको छ ।