अब काठमाडौंका सबै विद्यालयमा एउटै पोशाक

काठमाडौं, २० मंसिर —काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ ।
महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रम अन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गरेको हो । एउटै प्रकारको पोशाक लगाएर महानगरका विद्यालयमा एकरुपता ल्याउन खोजेको स्रोतले बताएको छ ।