राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौ,१९ मंसिर —राष्ट्रपति विद्या देवी भण्डारीले पोल्याण्डका राष्ट्रपति आन्द्रेजेज डुडासँग भेटवार्ता गर्नुभएको छ ।
भेटका क्रममा नेपाल र पोल्याण्डबीचको द्विपक्षिय सम्बन्ध मजबुत बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा जलवायु परिवर्तन, गरिब तथा न्युन कार्बन उत्सर्जन गर्न मुलुकमा परेको असरबारे छलफल भएको छ ।
जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा सहभागी हुन पोल्याण्ड पुुगेकी भण्डारीका भोलि काठमाडौें फर्किदै छन् ।