बंगलादेशबाट मेडिकल पढ्ने धेरैजसो नेपाली विद्यार्थीहरु नेपालको मेडिकल लाईसेन्स परिक्षामा फेल

वंगलादेश १९ मंसिर । बंगलादेशको निजि मेडिकल कलेजबाट पढेका विद्यार्थीहरु नेपालको मेडिकल लाईसेन्स परिक्षामा फेल हुनेहरुको संख्या वढेको छ ।

करिब ४ महिना अघि एमबीबीएसको लाईसेन्स परीक्षामा सहभागी भएका बंगलादेश मेडिकल पढेका १ सय २१ जना मध्ये ९२ जना फेल भएका थिए ।
आठ महिनाअघि लिइएको परीक्षामा पनि २ सय ७ सजनामा ६१ जना फेल भएका थिए ।

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएनका अनुसार बंगलादेशको मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अअध्यय गरिरहेका छन् ।
यसमा पनि निजी मेडिकल कलेजमा पढ्नेहरुको संख्या धेरै छ ।

यद्यपी नेपालको एमबीबीएस लाईसेन्स परीक्षामा उत्तीर्ण हुने दर घटिरहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ