सेञ्चुरी बैंकको दुुई लाख सहयोग अपाङ्गतालाई ।

काठमाडौं १९ मंसिर । सेञ्चुरी बैंकले अपाङ्गता भएको समुदायको लागि भनेर २ लाख रुपैया सहयोग गरेको छ ।

अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवसको अबसरका बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ई–नेबल नेपाल नामक संस्थालाई सहयोग गरेको हो ।

अपाङ्गता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

बैंकको २ लाख रुपियाँको आर्थिक सहयोग प्राकृतिक विपद् वा अन्य विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्न सहयोग पुग्नेछ ।