पौष १ गतेबाट प्रदेश १ मा टिपरलाई चार घण्टा प्रतिबन्ध लगाइने

काठमाडौ,१८ मंसिर — पौष १ गतेबाट प्रदेश १ मा टिपरलाई दैनिक चार घण्टा प्रतिबन्ध लगाइने भएको छ । टिपरका राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढाउनका साथै ट्राफिक व्यवस्थापनमा असर गरेपछि पुस १ गतेबाट दैनिक ४ घण्टा प्रतिवन्ध लगाइने भएको हो ।