सिके राउतको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

काठमाडौ, १७ मंसिर —स्वतन्त्र मधेस देश बनाउने भन्दै अभियान थालेका चन्द्रकान्त (सिके) राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।   सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरेको हो । राउतको रिहाइ माग्दै जयकान्त राउतले कात्तिक १२ गते बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए।  प्रहरीले पछिल्लो पटक राउतलाई असोज २१ गते पक्राउ गरेको थियो ।