राजनीतिक अधिकारका लागि,अव नेपाली जनताले संघर्ष गर्नुु पर्दैन : प्रधानमन्त्री ओली

मंसिर १६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राजनीतिक अधिकारका लागि अव नेपाली जनाताले संघर्ष गर्न नपर्ने वताउनुभएको छ ।
युनिभर्सल पिस फेडेरेसनको आयोजनामा शनिबार काठमाडौंमा सुरु भएको दुईदिने एसिया प्यासिफिक समिट–२०१८ मा वोल्दै प्रधानमन्त्री ओलीले नेपाली जनताका लागि यो नयाँ युगको सुरुवात भएकाले अव राजनीतिक संघर्ष गर्न नपर्ने वताउनुभएको हो । ’

नेपालको पछिल्लो राजनीतिक परिवर्तनसम्म विविधखाले चुनौतीको सामना गर्नुुपरेकाले, यसैको माध्यमबाट थप राजनीतिक उपलव्धि हासिल गर्न सकिन्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘महान उपलब्धि’ हो, ‘सशस्त्र संघर्षको समाधान छ र बुलेटमाथि ब्यालेटको सर्वाेच्चता कायम गर्न सकिन्छ, त्यो हामीले गरेर देखायौं।’

जनप्रतिनिधिबाट संविधान लेख्ने ऐतिहासिक काम पनि पुुरा भएको छ । हाम्रो संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्येको एक हो, यसमा हामीले गर्न सक्नुपर्ने उहाँको ठहर छ ।  नेपाली जनताले उत्कृष्ट संविधान वनाएकाले अब राजनीतिक अधिकारका लागि भनेर कुनै पनि संघर्ष गर्नुपर्ने छैन, उहाँले दाबी गर्नुुभयो ।

मुलुक राजनीतिक स्थिरतासहित नयाँ युगमा प्रवेश गरेकाले शान्ति, स्थायित्व, प्रजातान्त्रिक र समृद्ध नेपालको लक्ष्यमा पुग्न मित्रराष्ट्र तथा शुभेच्छुकले सहयोग र सद्भाव राख्न आवश्यक रहेको पनि उहाँले धारणा राख्ननुभयो ।

साथै विश्व जलवायु परिवर्तन, प्राकृतिक र मानव सिर्जित विपत्ति तथा आतंकवादजस्ता समस्यामा जेलिएको वताउदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन मुख्य चुनौती बनेकोले यसको प्रभाव र असर रोक्न सबैको साझा धारणा अभियानको खाँचो भएको उल्लेख गर्नुभयो ।

यसैविच एसिया प्यासिफिक समिटको दोस्रो दिन आज ‘वर्तमान समयमा जलवायु परिवर्तन गम्भीर चुनौती’ तथा ‘वर्तमान समयका चुनौती सम्बोधनमा सञ्चारमाध्यमको भूमिका’ लगायत विषयमा छलफल हुने भएको छ ।