तेलको मुल्य वढाएको विरोधमा फ्रान्समा तीन हप्ता देखि आन्दोलन जारी

मंसिर १६, काठमाण्डौ । इन्धनको मूल्य वढाएको विरोधमा फ्रान्सेली नागरिकले सुरु गरेको आन्दोेलननले तीन साता नाघेको छ ।
फ्रान्स सरकारले डिजलमा ६ दशमलव ५ सेन्ट र पेट्रोलमा २ दशलमव ९ सेन्ट बृद्धिको गरे लगत्तै मुल्य वृद्धि फिर्ताको माग गर्दै फ्रान्सभरी आन्दोलन सुरु भएको थियो ।

आनदोलनका क्रममा विरोधकर्ताले पेरिसको ६ वटा भवनमा आगजनी गरिसकेका छन् । आन्दोलनमा ७५ हजार भन्दा बढी फ्रान्सेली नागरिक आन्दोलनमा होमिएको फ्रान्सको अन्तरिम मन्त्रालयले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति ईम्यानुअल म्याक्रोले भने जलवायु परिवर्तन र ग्लोबल वार्मीङबाट बच्न मुल्य वृद्धिको निर्णय गर्नूपरेको वताउनुुभएको छ । तर स्थानीयवासीहरुले विश्व बजारमा इन्धनको मुल्य घट्दा, मुल्य बढ्न नहुुने तर्क गरेका छन् ।