राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड जाँदै : उपराष्ट्रपति पुनलाई जिम्मेवारी

काठमाडौं १५, मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोल्याण्डको भ्रमणमा जानुहुुने भएको छ ।
पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोपको २४ औं सम्मेलनमा भाग लिन जानुहुने भएको हो ।

राष्ट्रपति भण्डारीको यही मंसिर १७ गते सोमबार सम्मेलनलाई सोम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साथै पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय व्यत्तित्वसँग पनि भेटघाट गरिने राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा जनाईको छ ।
पोल्याण्ड भ्रमणका लागि राष्ट्रपति भण्डारीको साथमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत सहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि छन् ।

यसैविच राष्ट्रपति पोल्याड भ्रमणमा जानुहुनेभएपछि उहाँको अनुपस्थितीमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई संविधानबमोजिमका जिम्मेवारी दिइएको छ ।
राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।