सानेपामा कांग्रेसमा विधान मस्यौदामाथि छलफल सुरु

काठमाडौ,१४ मंसिर — नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदामाथि केन्द्रीय समितिमा छलफल सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामो बैठकमा मस्यौदामाथि फरकमत राख्ने नविन्द्रराज जोशी, प्रदीप पौडेलसहितका नेताहरूले धारणा राखेका हुन्।
महामन्त्री पूर्णबहादुर खड्का नेतृत्व विधान मस्यौदा समिति सदस्य जोशी र पौडेलले पदाधिकारी संख्या थप, क्रियाशील सदस्यता हटाउने, संसदीय र कार्यसम्पादन समितिको निर्वाचन जस्ता विषयमा फरकमत लेखेका छन्। उनीहरुले आफुले राखेका फरकमतका विषयमा केन्द्रीय समिति बैठकमा स्पष्टीकरणसहित धारणा राखे।