प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीबीच भेटवार्ता

काठमाडौं, १४ मंसिर —प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका कम्बोडियाली समकक्षी हुन सेनबीच द्विपक्षीय हित र चासोका विषयमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका क्रममा हुन सेन विहिबार काठमाडौं आइपुगेका हुुन् । छलफलमा सहभागी सस्कृति, दुई देशको सम्बन्ध आपसी हित र द्विपक्षीय चासो एवं नेपालको शान्ति प्रक्रिया, वर्तमान सरकारको प्राथमिकता लगायत विषयमा भएको थियो ।