हटाइयो जोरविजोर प्रणाली

काठमाडौं, १४ मंसिर — एसिया प्यासिफिक समिट(२०१८ का लागि भन्दै यातायातमा लागुु गरिएको जोरविजोर प्रणाली हटाइएको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चौतर्फी बिवादपछि जोरविजोर प्रणाली हटाइएको हो ।
सम्मेलनका लागि भनेर १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली गृह मन्त्रालयको निर्देशनमा जोरविजोर प्रणाली लागू गरिएको थियो ।