जोरबिजोरले सास्ती भोग्दै सर्वसाधारण

काठमाडौँ ,  ‘एसिया प्यासिफिक समिट’ का कारण यातायातमा जोर बिजोर प्रणाली लागुु गरेपछि यात्रुुहरुले सास्ती खेप्नुु परेको छ ।‘एसिया प्यासिफिक समिट’ का लागि गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ देखि १६ गतेसम्म जोरबिजोर नम्बरका आधारमा सवारी साधन चलाउन दिने निर्णय गरेको छ । आज बिजोर नम्बरका गाडी मात्रै गुडेकाले गन्तव्यमा हिँडेका यात्रुहरु सहज रुपमा गन्तव्यमा पुग्न सकेका छैनन् उनीहरुले निकै सास्ती खेप्दै यात्रा गरिरहेका छन् ।