ईन्जिनियरले पनि लाईसेन्स पाउने

मंसिर१३ काठमाडौं । अब ईन्जिनियरले पनि लाईसेन्स पाउने भएका छन् ।

नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरुलाई पनि लाइसेन्स दिने व्यवस्थाको तयारी गर्दैछ ।  मेडिकल शिक्षामा जस्तै निश्चित परीक्षा पास गरिसकेपछि काम गर्न पाउने व्यवस्थाका लागि लाइसेन्सको व्यवस्था गर्न लागिएको हो ।

यसका लागि नेपाल इन्जिनियरिंग काउन्सिलका प्रमुख इन्जिनियर डिल्लीरमण निरौलाले नेपाल इन्जिनियरिंग काउन्सिल ऐन २०५५ लाई संशोधन गर्ने तयारी गरेको वताउनुभयो ।

नेपाल इन्जिनियरिंग कलेज चाँगुनारायण भक्तपुरको जर्नल साइटिच नेपालको विमोचन गर्दै प्रमुख इन्जिनियर निरौलाले भन्नुभयो, ‘ऐन संशोधन भएपछि लाइसेन्सको व्यवस्था हुनेछ ।’ गुणस्तरीय इन्जिनियरिंङ कामको लागि यो व्यवस्था जरुरी भएको उहाँको ठहर छ ।

नेपालमा हाल मान्यताप्राप्त शिक्षण संस्थाबाट निश्चित परीक्षा पास गरेपछि कामका लागि स्वीकृति दिने व्यवस्था छ । यो व्यवस्थाले गुणस्तरीय काम हुन नसकेको काउन्सिलका नवनियुक्त प्रमुख निरौलाको भनाइ छ ।