अव भारतबाट छिट्टै नेपालमा पाइप लाइनमार्फत तेल आउने ।

मंसिर १२ वीरगंज । भारतको एउटा राज्य बिहारको पटनाबाट नेपालमा अब छिट्टै पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ आउने भएको छ ।
मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण परियोजना कार्य अन्तिम चरणमा पुगेकाले बढीमा तीन महीनाभित्र तेल नेपाल आईपुग्ने भएको हो ।
मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालको २१ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सकिईसकेको छ । अब १८ किलोमिटर क्षत्रेको काम मात्र बाँकी रहेको परियोजना कार्यालय सिमराका इञ्जिनियर शरदप्रसाद पौडेलले वताउनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जको आठ किलोमिटर, नाला स–साना पुल–पुलेसा, नदी, क्रसिङ सडक, गण्डक क्षेत्र लगाएको बाँकी भू–भागमा मात्रै पाईप लाइन बिछ्याउन बाँकी रहेको, उहाँले भन्नुभयो ‘ निकुञ्जभित्र करीब ५ हजार रुख काटने काम छिट्टै हुने छ । साथै भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३। दशमलव ७ किलोमिटरमध्ये मोतिहारी रक्सौल क्षेत्रको सानो सानो काम बाँकी रहेको छ । ’

नेपाल–भारत सीमा क्षेत्रको वीरगञ्ज भन्सारस्थित रजत जयन्ती चोक वाइपास क्षेत्रमा समेत पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।  भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइप लाइन निर्माणको काम भारत सरकारले ३५० करोड भारतीय रुपैयाँ लगानी गरेको छ ।

गत चैतको अन्तिम साता भारत भ्रमणको बेला  प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद बाट संयुक्त रुपमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गर्नुभएको थियो ।

पाइप लाइन बिछ्याउने काम सकिएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नको लागि अमलेखगञ्ज आयल निगमको डिपोमा ३ हजार ९०० किलोलिटर क्षमता भएको दुई तथा ४ हजार १०० किलोलिटर क्षमता भएको दुई वटा गरी चार टयाङ्कर निर्माणको कार्य पनि भइरहेको छ । एउटा टयाङ्कर निर्माण भइसकेको छ

निर्माण कार्य सकिएपछि पहिलो चरणमा परिक्षणका लागि डिजेल आउने छ ।