बैद्य माओवादीको बैठक वुटवलमा

मंसिर १२ बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
बुधबारबाट बुटवलमा सुरु भएको बैठक एक सातासम्म चल्ने छ ।

बैठकमा महासचिव मोहन बैद्य, स्थायी समिति, पोलिटव्यूरो, केन्द्रीय कमिटिका सदस्यहरु सहभागीहरु उपस्थित छन् ।
बैठकमा राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका विषयमा छलफल गरी संघर्षका खाका तयार पार्ने बताइएको छ । महासचिव बैद्यले बैठकमा संगठनलाई मजवुद वनाउदै राष्ट्रियता र जनजीविका केन्द्रित आन्दोलन गर्ने बताउनुभयो ।

बैठकले नयाँ जनवादी क्रान्तिको कार्यभार बाँकी रहेको निष्कर्ष निकालेको छ । पार्टीको संगठन कमजोर भएकाले जनवर्गीय संगठन विस्तार गर्ने, वर्तमान सरकारको महंगी, कर लगायतका बिषयमा छलफल केन्द्रीत हुने केन्द्रीय सदस्य केवी फुदोङले बताउनुभएको छ ।

यसअघिको पार्टी पोलिटव्यूरो बैठक बुटवलमा र सल्लाहकार समितिको बैठक नवपरासीको बर्दघाटमा भएको थियो ।