फेरि पनि भावी प्रधानन्यायाधीशको सूचीमा जोशी

काठमाडौ,११ मंसिर — ६ महिनाअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशी फेरि प्रधानन्यायाधीशको रोष्टर (सूची) मा परेका छन्।
न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि जोशीसहित २ जनाको नाम संवैधानिक परिषदमा पठाएको छ ।
केही समयअघि न्यायपरिषद् सचिवालयले जोशी र अर्का न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम र अभिलेख पठाएको हो। । पुस १६ देखि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकास पाउँदैछन् ।