आज पहिलो सामाजिक सुरक्षा दिवस मनाईदै, श्रमिकले अवकाशपछि पनि आजीवन पेन्सन पाउने ।

मंसिर ११ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना लागू गरिएको दिनलाई नयाँ युगको थालनी भएको वताउनु भएको छ ।

‘आजै देखी लागू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु भएकोे अवसरमा शुभकामना सन्देश दिदै आजको दिनलाई पहिलो सामाजिक सुरक्षा दिवस’ को रुपमा मानिएको हो भन्नुु भयो ।

‘सरकारले, हुँदा खाने र हुने खानेहरु रोजगारी पाएका, रोजगारी गुमाएका वा नभएका सबै वर्गलाई समेट्ने गरी नयाँ कार्यक्रम सुरु गरेको हो, ’ उहाँले भन्नुभयो ।
‘श्रमिक र कामको सम्मान गर्ने गरी, श्रमजिवी सबै वर्गलाई श्रममा लाग्न प्रेरित गर्ने र अहिलेको सभ्य समाज अनुकुल सबैको संरक्षण गर्ने पद्धतीको विकासका लागि आजैबाट हामी योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा प्रवेश गर्दैछौँ,’ प्रधानमन्त्रीको सन्देशमा लेखिएको छ ।

प्रधानमन्त्री वलीले मुलुकबासी सबैमा सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा सुरक्षित भविष्यको कामना सहित सन्देश व्यत्त गर्नुु भएको हो ।
आज मङ्गलबार पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ । प्रधानमन्त्री ओलीले यसको शुभारम्भ गर्ने कार्यक्रम छ ।

यस अवसरमा सरकारले सामाजिक सुरक्षा योजनामा सहभागी बनौं : सुरक्षित भविश्य सुनिश्चित गरौं : भन्ने नारा पनि तय गरेको छ ।

यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो मुलुक र नेपालीका लागि सामाजिक सुरक्षा योजना खुशीको कुरा भएको वताउनु भएको छ ।
साथै उहाँले योजना कार्यन्वयको सफलताको लागि रोजगारदाता, श्रमिक लगायत सम्वन्धित सबै पक्षलाई सहयोगको अपिलसमेत गर्नुुभएको छ ।
यो योजना लागू भएपछि निजी क्षेत्रमा कार्यरत श्रमिकले अवकाशपछि आजीवन योगदानमा आधिारित सामाजिक सुरक्षा सहित पेन्सन पाउने छन् ।

सामाजिक सुरक्षा योजना कार्यक्रम अन्तर्गत औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना लगाएतका कार्यक्रमहरु समावेश गरिएका छन् ।

के के व्यवस्था छ त ? सामाजिक सुरक्षा येजनामा ?  

६ महिना योगदान गर्ने श्रमिकले अर्को ६ महिनासम्म चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना बापतको शुल्क, रोग पहिचान तथा परीक्षण सेवा बापतको खर्च औषधि बिल बमोजिमको खर्च, घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका बिरामीको, डाक्टर घर आउँदा —जाँदाको खर्चको पनि व्यवस्था छ ।

अस्पतालमा भर्ना भई उपचार गराउँदा वर्षमा एक लाख रुपैयाँसम्म, घरमै बसी उपचार गराउँदा वर्षमा २५ हजार रुपैयाँ सम्म सुबिधा पाउनेछ । कुल खर्चको २० प्रतिशत मात्रै श्रमिक आफैले तिर्नुपर्नेछ । बिरामी बिदाको १२ दिन बिरामी बिदा बापत पुरै पारिश्रमिक रोजगारदाताबाट पाउने, त्यो भन्दा बढी बिरामी बिदामा बस्नु पर्दा १३ हप्तासम्मका लागि आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषबाट पाउने सुविधा छ ।

मातृत्व सुरक्षा योजना अन्तर्गत पछिल्लो १८ महिनामा १२ महिना योगदान गरेका गर्भवती महिला श्रमिकले गर्भ अवस्थाको नियमित परीक्षण, अस्पताल भर्ना तथा शल्यक्रिया र नवजात शिशुको उपचार बापतको औषधि खर्च, प्रसूति स्याहारका लागि प्रत्येक महिना न्यूनतम पारिश्रमिक बरावरको रकम, र सुत्केरीको श्रीमानले पनि एक महिनाको न्यूनतम पारिश्रमिक पाउनेछ ।

यस्तै प्रसूती बिदा अवधिको ९८ दिनमध्ये ६० दिनको रोजगारदाताले दिने र सो बाहेक ३८ दिनको लागि खाईपाई आएको पारिश्रमिकको ६० प्रतिशत रकम पनि पाउनेछ । दुर्घटना र अशक्तता सुरक्षा योजना अन्तर्गत कोषले तोकेको उपचार खर्च अस्पतालमै भुक्तानी गरिदिने व्यवस्था रहेको छ । काममा फर्कन नसकेको खण्डमा आधारभूत तलबको ६० प्रतिशतलाई शतप्रतिशत मानी असक्षमता प्रतिशतको आधारमा जीवनभर निवृत्तिभरण (पेन्सन) पाउने, र स्थायी रुपमा पूर्ण असक्षम भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम मासिक रुपमा जीवन भर निवृत्तिभरण पाउनेछ ।

आश्रित परिवारलाई श्रीमान वा श्रीमती वाँच्दासम्म अन्तिम आधारभूत तलबको साठी प्रतिशतले निवृत्तिभरण पाउनेछन । र अन्तिम संस्कारका लागि २५ हजार रुपैयाँ उपलब्ध हुनेछ ।