दिनहु आगलागीका घट्ना वढ्दो, मानविय क्षति सँगै धनमाल जलेर नष्ट ।

म्ंसिर १०, काठमाडौं ।
गर्मी तथा सुख्खा मौसम सुरु नहुदै आगलागीका घटनाहरु दिनहु, वढिरहेका छन् । आगलागीका कारण कतै ज्यान गएर मानवीय क्षति भएको छ त कतै, करोडौको धनमाल सम्पत्ति जलेर स्वाहा भएको छ । कही सामुदायिक वनमा आगलागी भएको छ ।

कतै विद्युत सर्ट भएर आगलागी भएको छ, कहिँ, आगोको प्रयोगमा होस गुमाउदा । आगलागीका कारण जनधनको क्षति वढिरहेको छ । खाना पकाउदा ग्याँस वन्द गर्न भुलेर होस या विद्युती वायरिंगको गडवडीका कारण आगलागीका घटना हुन पुगेको छ ।

आजै मात्र आगलागीका कारण राजधानीस्थित वुद्धनगरको एक फर्निचरमा भीषड आगलागी हुदाँ करोडौको क्षति भएको छ । भने, झापाको शिवसताक्षी नगरपालिका ७ को एक घरमा भएको आगलागीमा परि एकै परिवारका ४ जनाले ज्यान गुमाउन पुगे ।  केही दिन अघि मात्रै काठमाण्डौको ठुलो भ¥याङ स्थित विद्युतीय पोलमा विद्युत सर्ट हुँदा संगै जोडिएको फर्निचर सहितको घरमा आगलागी भई लाखौकौ क्षति हुन पुगेको थियो ।

आजै दिउसो काठमाडौंको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भएको भीषण आगलागीबाट ५ करोड बराबरको क्षति भएको छ ।
वुद्धनगरका राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा भएको आगलागी नियन्त्रण गर्न काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमकल प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
यसैगरी महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी गोविन्द काफ्लेले टीनले बारेर बनाइएको गोदाममा आगलागी कसरी भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको वताए ।

उता गए राती ११ बजेतिर भएको आगलागीमा एक घरका ४ जनाको ज्यान गएको थियो । झापाको शिवसताक्षी नगरपालिका ७ मा भएको आगलागी परि एउटै परिवारका ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, सहित छोराछोरीहरु चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिने शिशु टिकाराम खनालले ज्यान गुमाएका थिए ।
आगो विद्युत सर्ट भएर लागेको हुनसकने अनुमान गरिएको छ । जस्तापाताले छाएको एक तले काठको घरमा आगो के कारणले लागेको भन्ने यकिन नभईसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख भिमप्रसाद ढकालले भनाई छ ।
हार गुहारको आवाज आउने वित्तिकै छिमेकीहरु कुदेर घटनास्थल पुग्दा आगो नियन्त्रण गर्न नसकिने भईसकेको थियो । आगोले पड्किएको सिलिण्डरको आवाजले सुतिसकेका गाउलेहरु तुरुन्तै घटनास्थल पुगिसेका थिए ।
आगो निभाउन दमकबाट साढे ११ बजे मात्र दमकल आइपुगेको थियो ।

यस्तै प्रकृतिका अन्य ३ वटा घटना झापाकै साविकको शिवगञ्ज र सतासीधाममा भईसकेका छन । २०६१ सालमा चन्द्रडाँगीमा संग्राम खड्काको घरमा आगलागी हुँदा एकै परिवारका ५ जनाले ज्यान गुमाएका एिथए ।
यस्तै २०६९ सालमा दूधेमा मनिका खरेलको घरमा भएको आगलागी परि एकै घरका ३ जनाको मृत्यू
भएको थियो ।

साँघुरा गल्ली, अव्यवस्थित वस्ती विकास, घरहरुसँगै जोडिएका विद्युतीय तारहरुका कारण पनि आगलागी घटना हुन पुगेको छ । एक आगलागी भईहालेको आगो कसरी निभाउने भन्ने बारेमा पनि अधिकाँशलाई जानकारी छैन । अर्काे कुरा आगो भईहालेमा तत्कालै दमकल लगाएत आवस्यक खोज उद्धारका सामाग्रीहरु पनि उपर्युक्त स्थानमा भण्डाण गरिएका छैनन् । दमकल पनि तुरुन्तै आउन सक्ने अवस्था देखिदैन ।
त्यसैले परिवारमा आगोलागी भएमा वा समुदायमा आगलागी भईहाले कसरी जनधनको क्षति तथा जोखिम घटाउने भन्ने वारेमा आम नागरिक तथा राज्यले गम्भिर भएर सोच्ने वेला भएको छ ।