नगर प्रमुखले गरे ७५ लाख को सहयोग

मंसिर १०, कैलाली । कैलालीको लम्की चुहा नगपालिकाका मेयर महादेव बजगाईंले आफुलाई गाडी किन्न दिएकोे ७५ लाख रुपैया अस्पतालको सहयोगका लागि दिनुभएको छ ।
राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिदको विषयलाई लिएर मुलुकभरी, सामाजिक सञ्जालमा विरोध भईरहेका वेला कैलाली चुहाका मेयरले भने यस्तो निर्णय गर्नुभएको हो ।

हिजै वसेको कार्यपालिकाको वैठकमा मेयरले आफुलाई गाडी खरिद गर्न छुट्याएको ७५लाख रुपैया अस्पताल निर्माणका लागि खर्च गर्ने वताउनुभयो ।
उहाँको विचारमा अन्य सदस्य सहमति भएपछि ७५ लाख रूपैयाँ ५० शैया सहितको अस्पताल बनाउनमा खर्च हुने भएको छ ।
यसैविच ‘चुहाको नवजागृत विद्यालयले पनि अस्पताल निर्माणस्थलका लागि दुई बिगाहा जमिन दिने भएको छ । सांसद विकास कोषबाट पनि १ करोड १० लाख रुपैया वजेट छुट्याईएको छ ’ मेयर बजगाईंले वताउनुभयो, ‘ अस्पताल निर्माणका लागि बजेट नपुग्ने देखियो, त्यसैले गाडी किन्न छुट्याएको रकम अस्पतालमा खर्च गर्ने निर्णय गरियो ’ ।

नगरपालिकाबाट पनि फन्ड म्याचिङको १५ लाख रूपैयाँ अस्पताललाई दिईएको छ ।

आधुनिक शैलीमा अस्पताल निर्माणको लागि गुरुयोजना बनाइएको छ । अव छिट्टै टेन्डर खोलेर निर्माणको काम थाल्छौं, मेयरले भन्नुभयो ।
मेयरले अहिले प्रशासकीय अधिकृतको नगरपालिकाको पुरानो गाडी चढ्नुहुनछ कहिले आफ्नै मोटरसाइकलमा पनि हिड्नुहुन्छ ।
गरिब जनताले हामीलाई चुनाव जिताएको महंगा गाडी चढ्न हैन, जनाताको काम गर्न हो , उहाँले भन्नुभयो ।