निर्मलाका अभिभावकलाई बाबुुरामले गरे एक लाख हस्तान्तरण

काठमाडौ, १० मंसिर — नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गरेका छन् ।
भट्टराई सोमबार शिक्षण अस्पताल पुगी निर्मलाको बुवा यज्ञराज पन्तलाई एक लाख रुपैया हस्तान्तरण गरेका हुन् ।  पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ ।