मन्त्री तथा कर्मचारीलाई अनावश्यक विदेश भ्रमण नगर्न प्रधानमन्त्री ओलीको आग्रह

मंसिर ९, काठमाडौं ( प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रि परिषदका सदस्य तथा नेपाल सरकारका कर्मचारीहरुलाई अनावश्यक विदेश भ्रमण गर्न सल्लाह दिनुभएको छ ।
सरकारले मितव्ययी नीति लिएकाले अनावश्यक विदेश भ्रमण गर्दा जनताका काममा ढिलासुस्ती र सार्वजनिक सेवा प्रवाहमा कामको नतिजा नदेखिने भएकाले यस्तो सल्लाह दिनुुभएको हो ।
आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यान्वयनको विषयमा आयोजना गरिएको समीक्षा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काममा केन्द्रित हुन र जवाफदेही समेत निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले कामको नतिजा नदेखिने, काम नगर्ने तर प्रतिवेदनमात्र गत्तिलो बनाउने कामले जनताले सार्वजनिक सेवाको अनुभूति गर्न पाएका छैनन्, भन्नुभयो ।
तीन दिनसम्म आयोजना गरिएको समिक्षा तथा प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभई कार्यन्वयनको अवस्थाको बारेमा हो , प्रधानमन्त्री ओलीले भन्नुुभयो ‘यो बैठक परिकल्पनाको समीक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो,’।
प्रधानमन्त्री ओलीले भन्नुुभयो ‘मन्त्रालयहरू केही न केही रचनात्मक हुन खोजेका छन् । कार्यन्वयनको राम्रै सुरुआत भएको छ। तर यसलाई तीव्रता दिनु पर्दछ ।’
उहाँले जनतासँग सरोकार राख्ने आयोजनाका कार्यहरू समयमै फत्ते गर्न पनि निर्देशन दिनुभएको छ ।