विप्लवको अनुपस्थितीमै पार्टीको वृहत शत्ति प्रदर्शन

मंसिर ८, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहको नेपाल कम्युनिष्ट पार्टी माओवादीले काठमाडौंमा आज वृहत शत्ति प्रदर्शन गरेको छ ।
पार्टी पुनर्गठनको पाँचौं वर्ष लागेको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीले आज भृकुटी मण्डपमा जनशभा कार्यक्रम गरेको हो ।

विप्लवको अनुपस्थितिमा भएको जनसभा कार्यक्रमलाई सम्वोधन गर्दै, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई ओली सरकारले लुकाईराखेको आरोप लगाउनुभयो ।

पार्टीका प्रवत्र्ता तथा स्थायी कमिटि सदस्य प्रकाण्डले बालिका निर्मला पन्तको हत्यारालाई अब आफ्नो पार्टीले पक्राउ गर्ने समेत दाबी गर्नुुभयो ।
उहाँले सरकारले हत्यारालाई लुकाएर राखेको र अनुसन्धानको नाममा नाटक गरीरहेकाले, अव आफुले पक्राउ गरी सार्वजनिक गरेर जनकारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

यसअघि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नै जनसभालाई सम्बोधन गर्ने बताइए पनि कार्यक्रमको अन्तिम समयमा विप्लव उपस्थित नभएपछि पार्टी प्रवक्ता प्रकाण्ड लगायतका नेताले सम्बोधन गर्नुुभएको हो ।

तर पार्टीका महासचिव विप्लव भने अहिलेसम्म ‘भूमिगत’ रुपमा आफ्ना राजनीतिक गतिविधि चलाउँदै आउनुुभएको छ ।
जनशभा कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतका विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि वोलाईएको थियो ।

जनसभा सुरु हुनुअघि काठमाडौ लैनचौर, बबरमहल लगायतको ंविभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालिएको थियो । बबरमहलको र्यालीलाई पोलिटब्यूरो सदस्य तथा केन्द्रीय जनपरिषदका उपप्रमुख पदम राई, लैनचौरर्को यालीलाई केन्द्रीय जनप्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेल, कालीमाटीर्को यालीलाई गम्भीर लगायतका नेताले नेतृत्व गरेको जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले वताउनुुभयो ।

विप्लव नेतृत्वको (नेकपा) ले राजधानी आयोजना गरेको जनसभालाई लक्षित गर्दै सरकारले काठमाडौंको सुरक्षा व्यवस्थालाई समेत कडा बनाएको छ ।
बबरमहल, लैनचौर र कालिमाटीबाट निस्किएको जुलुस तथा कार्यक्रम स्थलको सुरक्षार्थ ८ सय भन्दा बढी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिनुुभयो ।

विप्लवको कार्यक्रमका लागि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा ‘कमाण्ड पोष्ट’ राखिएको थियो ।
कमाण्ड पोष्टमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेनाका कर्णेल, राष्ट्रिय अनुसन्धान विभागका एसपी र सशस्त्र प्रहरी बलका एसपीले कार्यक्रमको बस्तुस्थिति निगरानी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको सभामा करिब १२ हजारको कार्यकर्ता उपस्थिती थियो ।

यसैविच नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले विज्ञप्ति जारी गर्दै जनता अहिलेको सरकार र सत्ताबाट आजित भईसकेको वताउनुुुुभयो ।
विज्ञप्ति जारी गर्दै आजै उनले राष्ट्रियता, जनतन्त्र र जनजिविकाका प्रश्नहरु इतिहासकै गम्भीर घुम्तीमा पुगेको वताउनुुभयो ।

स्थानीय ‘चुनावपछि सरकार बनेको झण्ड एक वर्ष पुग्न लाग्दा हामीले गरेका सटिक विष्लेषण र निष्कर्षहरू जस्ताको तस्तै प्रमाणित भएका छन्, ’ विज्ञप्तिमा लेखिएको छ, ‘वाम भनेर जनतालाई भ्रममा राखिरहेको यो सरकार र सत्ताबाट जनता आजित भईसकेका छन् ।’

अझैपनि महिला हिंसा, हत्या, बलात्कारका कारण मुलुकमा जनाताले चाहेको शान्ति सुरक्षा स्थापना हुन नसकेको वताउदै, विप्लवले जनता र राष्ट्रले वैकल्पिक राज्यप्रणालीको विकल्प खोजिराखेको दाबी गर्नुभयो ।