विप्लवको आमसभालाईबारे सरकारको निगरानीं

काठमाडौं – अर्धभूमिगत नेत्रविक्रम चन्द समूहले शनिवार गर्न लागेको आमसभाप्रति सुरक्षा निकायले चसो दिदै निगरानी शुरु गरेका छन् । सरकारले वार्ता टोली गठन गरेपछि सो समूहप्रति नरम बनेको भएपनि वार्तामा वस्न आनाकानी गर्दा शनिवार हुने आमसभालाई सुरक्षा निकायले चासो व्यक्त गरेका हुन।
विप्लव समूहले मंसिर ८ मा काठमाडौभित्र आमसभा गर्न भारतको राजधानी दिल्लीमा प्रचार प्रसार गरेदेखिनै सुरक्षा निकायले चासो व्यक्त गरेको हो ।
काठमाडौ आउने सबै नाकामा सुरक्षा निकायले चेकजाँचलाई कडा बनाएको छ भने राती अबेरसम्म काठमाडौका सडकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गस्तीलाई बढाइएको छ।