‘सरकारको कार्यशैली ठीक भएन’ — प्रधानमन्त्री

काठमाडौ,६ मंसिर —प्रधानमन्त्री केपी ओलीले सरकारको कार्यशैली उत्साहजनक नभएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार सुरु सरकारको चौमासिक समीक्षा बैठकमा पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयको पहिलो चौमासिक प्रतिवेदन हेरेपछि प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘अहिलेको कार्यशैलीले जनतामा निराशा मात्रै आउँछ । जनतामा निराशा आउनु राज्यलाई घातक हुन्छ,’ बैठकमा मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने, ‘नागरिकमा उत्साह र सरकारप्रति विश्वास बढ्ने गरी काम गर्नुस् । अहिलेको कार्यशैली ठीक भएन ।’ उनले भने ।