पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

काठमाडौ,४ मसिर —सरकारले विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको छ ।
सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।
सोही अनुरुप कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो । कार्यालयले कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि आग्रह गरिएको छ ।