हस्तकला मेलामा करिब ९ करोडको कारोबार

काठमाडौं,३ मंसिर —नेपाल हस्तकला महासंघले आयोजना गरेको १६औं हस्तकला मेलामा आठ करोड ७५ लाखको कारोबार भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार सुरु भएको मेला आइतबार सकिएको हो।  दुई सय स्टल रहेको मेला एक लाख ३५ हजारले अवलोकन गरेका थिए । हातले बुनेका र बनाएका मात्रै नभएर विभिन्न कला–संस्कृति र मौलिक पहिचान झल्कने धातुजन्य मूर्ति समेत मेलामा राखिएका थिए।