विलासी गाडी किन्न राष्ट्रपतिलाइ १८ करोड

काठमाडौं,२ मंसिर —सरकारले राष्ट्रपतिलाइ विलासी गाडी किन्न १८ करोड बजेट निकासी गर्ने भएको छ । सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको हो । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ।