काठमाडौ —नेपाली स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पक्का भएको छ । दिल्लीले नयाँ सिजनका आइपिएलका लागि रिटेन (पुन स् अनुबन्ध) गरेको लिस्टमा सन्दीपसमेत रहेका छन् । गत सिजनको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा किनेको थियो । यस सिजनमा पनि सन्दीपको पारिश्रमिक २० लाख भारुभन्दा कम हुँदैन ।
सन्दीपले पुनः दिल्लीबाट आइपिएल खेल्ने
