काठमाडौँ,३० कात्तिक — गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले राजीनामा दिएका छन् । केसीसँगै कोषमा कार्यरत ७ जना अधिकृतहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेश गरेका छन् ।
केसी शुशील कोइराला नेतृत्वको सरकारले पाँचवर्षका लागि उक्त पदमा नियुक्त भएका थिए । आफ्नो कार्यकालको २१ महिना समय बाँकी छदा नै उनले राजीनामा दिएका हुन् ।