काठमाडौं,३० कात्तिक— सरकारले चालू आवमा ३५ लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । ‘एक नागरिक, एक पृथक् परिचय नम्बरसहितको परिचयपत्र’ अवधारणासहित १५ जिल्लाका नागरिकलाई परिचयपत्र वितरण गर्न लागिएको हो । पाँच वर्षसम्म सबै नागरिकलाई परिचयपत्र वितरण गरिसक्ने सरकारको लक्ष्य रहेको छ ।