काठमाडौं,३० कात्तिक —प्रधानसेनापति पूर्णचन्द्र थापा भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतले पठाएको तिथि प्रस्तावलाई नेपाली सेनाले स्वीकार गर्दै निर्णयार्थ रक्षा मन्त्रालयमा पठाएको छ। प्रधानसेनापति भएपछि पहिलो पटक विदेश भ्रमणका जान लागेका थापा जनावरी १२ देखि तीन दिन भारतमा रहनेछन् ।
भ्रमणका अवसरमा थापा भारतीय सेनाको मानार्थ महारथी (क्रेडियनसियल)को दर्जाबाट सम्मानित हुनेछन्।
प्रधानसेनापति थापा भारत जाँदै
