शिक्षकद्धारा शिक्षा समन्वय एकाईमा धर्ना

काठमाडौं,३० काठमाडौ — देशभरका शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएर विरोध जनाएका हुन् ।
वर्तमान शैक्षिक अवस्थाको सुधार तथा नेपाली शिक्षकहरुको पेशागत हकहितको सुनिश्चितता लगायतका २६ बुँदे माग अघि सार्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।