प्रधानमन्त्री ओली आजबाट सार्वजनिक कार्यक्रममा सहभागी हुने

काठमाडौं,३० कात्तिक — लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुुने भएका छन् ।
दशैं अगाडि सार्वजनिक कार्यक्रममा देखिएका प्रधानमन्त्री ओली शुक्रवार काठमाडौमा भइरहेको कोलम्बो प्रोसेसको कार्यक्रममा सहभागी हुने भएका छन् । बिहान साढे ११ बजे ओलीले सोल्टी होटलमा आयोजना हुने कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्नेछन् ।