कांग्रेस केन्द्रीय समिति बैठक शनिबार बस्ने

काठमाडौं,३० कात्तिक — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्ने भएको छ। सानेपामा बस्ने बैठकमा भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विधान पारित गर्ने बताइएको छ । यसबाहेक पार्टीको विधान संशोधन मस्यौदा सम्बन्धमा समेत छलफल हुने छ