सर्वोच्च अदालतमा मुद्दाको चाप बढ्दो करिब २१ हजार मुद्दा फछ्र्यौट हुन बाँकी

काठमाडौ,३० कात्तिक — सर्वोच्च अदालतमा मुद्दाको चाप बढ्ने क्रममा रहेको छ । २० हजार ४ सय २९ थान मुद्दा माथि अझै फैसला हुन सकेको छैन । गत आर्थिक वर्षका १९ हजार ६ सय २९ थान मुद्दाको जिम्मेबारी यसपालि पनि सरेर आएकोे छ । यस आर्थिक बर्षको सुरुदेखि कार्तिक तेस्रो सातासम्म ४ हजार ४ सय ७४ थान मुद्दा दर्ता भएको छ । यसमध्ये ३ हजार ६ सय १४ थान मुद्दा फछ्र्यौट भएको सर्वोच्चले जनाएको छ ।