काठमाडौं – नेपाल पुनर्बिमा कम्पनी लिमिटेड पाँच वर्षमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पाँचौं वार्षिकोत्सव मनाएको छ।
नेपाल सरकारको प्रमुख लगानी रहेको यस कम्पनीको आठ अर्ब ४० करोड चुक्ता पुँजी छ । सर्वसाधारणलाई एक अर्ब ६० करोडको सेयर बाँडफाँटपछि चुक्ता पुँजी १० अर्ब पुग्ने कम्पनीले जनाएको छ।