आज छठ पूजाको दोस्रो दिन ‘खरना’ पूजा गरि मनाइँदै

काठमाडौं, २६ कात्तिक —छठ पूजाको दोस्रो दिन ‘खरना’ पूजा गरि मनाइँदै छ । चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठको आज दोस्रो दिन हो । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ ।