नवलपरासी बस दुर्घटना, २५ घाइते

काठमाडौ,२६कात्तिक — नवलपरासीमा सोमबार बिहान बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भई गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा दुर्घटना भएको हो ।