आचार्य भारतका लागि राजदूत सिफारिस

काठमाडौ,२६ कात्तिक —सरकारले पूर्वमन्त्री निलाम्बर आचार्यलाई भारतलाई लागि राजदूत पदमा सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले आइतबार साँझ उनको नाम राजदूतका लागि सिफारिस गरेको हो।
पहिलो संविधानसभामा उनी नेपाली कांग्रेसका तर्फबाट सदस्य थिए।